कैलालीमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या ३ पुग्यो
Friday, July 31st, 2020, 5:14 pm
कैलाली, १६ साउन । कैलालीमा आएको बाढीले बगाएर ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढीले बगाएर बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने ३२ वर्षीय चन्द्र विकको शव पनि फेला परिसकेको छ ।
बुधबार अविरल बर्षासंगै आएको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका ८ का ३ जना बेपत्ता भएका थिए । बाढीले बगाएर बेपत्ता पारेका भजनी नगरपालिका ८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरीको शब हिजो बिहीबार र आज शुक्रबार बिहान सोही ठाउँका ४० वर्षीय ईश्वर शाहीको शव फेला परि सकेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले केहि बेरअघि मात्र अर्को बेपता भएका चन्द्र विकको पनि शव फेला परिसकेको बताएका छन् ।