नेपालमा थप २२४ जनामा कोरोना संक्रमणको पुष्टि
Friday, July 31st, 2020, 4:48 pm
काठमान्डौ, १६ साउन। पछिल्लो २४ घण्टामा नेपालमा थप २२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जित्नेकाे संख्या १४ हजार ३ सय ९९ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार याे संख्या कुल संक्रमितकाे ७२.८ प्रतिशत हाे ।