कोरोना फैलिएपछि विराटनगर महानगरले फेरी गर्यो लकडाउन
Friday, July 31st, 2020, 4:00 pm
विराटनगर, १६ साउन। कोरोना भाइरस संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।
शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो ।
लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । यसैबीच आज महानगरभित्र थप १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आज थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।
योसँगै महानगरभित्रका कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । कोरोना पोजिटिभ देखिएकामध्ये ४ जना कोसी अस्पतालमा परीक्षण गराएका हुन् भने अन्य ६ जना महानगरकै विभिन्न वडाबाट महानगरले स्वाब संकलन गरेकाहरू हुन् ।