साझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाका नाकामा आवागमन बन्द
Friday, July 31st, 2020, 3:01 pm
काठमाडौं, १६ साउन । देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउने यात्रुबाट कोरोना संक्रमण फैलिएको भन्दै सरकारले बिहीबारदेखि रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै अवदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यकाका नाकामा पूर्ण रुपमा आवागमन बन्द गराइएको जानकारी दिएका हुन् ।
गृह मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएलगतै गृह मन्त्रालयले यो कदम चालेको हो ।