राजधानीको स्वयम्भूमा बस पल्टिदा, चालकको मृत्यु
Friday, July 31st, 2020, 12:34 pm
काठमाडौं, १६ साउन । राजधानीको स्वयम्भूमा यात्रुबाहक बस पल्टिँदा चालकको मृत्यु भएको छ ।
गएराति ११:४५ बजे बा ५९८४ नम्बरको बस ठूलोभ¥याङ र हलचोक बीचमा बस पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुने चालकको भने सनाखत हुन सकेको छैन ।
बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा बस दुर्घटना भएको अनुमान गरिएको छ । चालकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।