सुनको मूल्य आजसम्मकै उच्च
Friday, July 31st, 2020, 11:35 am
काठमाण्डौ, १६ साउन । केहिदिनदेखि सुनको भाउ लगातार बढिरहेको छ भने आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
हिजोको भन्दा आज सुन तोलामा ३ सय रुपैयाँले बढेर तोलाको मूल्य ९९ हजार ३ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको सुनको मूल्य अहिलेसम्मकै महँगो रहेको छ ।
यसैगरी चाँदीको भाउ भने हिजोबाट केही घट्न थालेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर १२ सय रुपैयाँ पुगेको छ ।