हालसम्म प्रहरी हेडक्वार्टरका ७२ जनामा कोरोना पुष्टि
Friday, July 31st, 2020, 11:23 am
काठमाण्डौ, १६ साउन । शुक्रबारसम्म प्रहरी हेडक्वार्टर नक्सालका ७२ जना प्रहरी अधिकारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै काठमाण्डौमा कोरोना संक्रमितको संख्या पनि बढेको छ ।
केन्द्रीय कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतले नयाँ संक्रमितहरुलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गएिको बताएका छन् । उनका अनुसार पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गरेर परीक्षणको रिपोर्ट अनुसार हालसम्म ७२ जनामा कोरोना पोजेटिभ देखिएको छ भने संक्रमितहरूमध्ये धेरैजसो सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी अधिकारीहरु रहेको छ ।
प्रवक्ता कडायतका अनुसार कोरोना संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत पत्ता लागेका २० जनाभन्दा बढी व्यक्तिहरुलाई क्वारेन्टिनमा राखिएको छ ।