वीरगञ्जका मेयर सवरागीमा कोरोना संक्रमण पुष्टि
Friday, July 31st, 2020, 10:29 am
काठमाडौं, १६ साउन । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगीमा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको छ । उनले आफ्नो फेसबुक पेजमार्फत कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ भएको बताएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका बेला उनको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।
मेयर सरावगीकाले नागरिकको सेवामा अनवरत रुपमा लाग्नेक्रममा आफू स्वयं कोरोनाको संक्रमणको शिकार भएतापनि कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने बताएका छन् । उनको हाल काठमाण्डौ स्थित एक अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्लो समयदेखि वीरगञ्जमा कोरोना संक्रमणबाट मृतकको संख्या बढ्नुका साथै कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको मानिएको छ ।