उपत्यकाभित्र थप ४५ जनामा कोरोना पुष्टि
Thursday, July 30th, 2020, 4:58 pm
काठमाण्डौ, १५ साउन । पछिल्लो २४ घण्टामा उपत्यकाभित्र मात्रै ४५ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१, भक्तपुरमा र ललितपुरमा २–२ जना कोरोना संक्रमित भेटिएको छ । यो संगै उपत्यकामा कोरोना संक्रमणको जोखिम पनि दिनदिनै बढिरकेको छ । गतहप्ताको तुलनामा नयाँ संक्रमितको सख्या काठमाण्डौमा बढिरहेको छ ।