२४ घन्टामा थप २७४ जनामा कोरोना संक्रमण, २४८ जना डिस्चार्ज
Thursday, July 30th, 2020, 4:50 pm
काठमान्डौ, १५ साउन। नेपालमा पछिल्लो २४ घण्टा थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिंङ्ग मार्फत गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।
बिहीबार मात्र डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।