बिश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाखभन्दा बढी
Thursday, July 30th, 2020, 1:02 pm
काठमाडौं, १५ साउन । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाखभन्दा बढी पुगिसकेको छ ।
पछिल्लो २४ घण्टाभित्रमा २ लाख ८४ हजार ३२८ जनामा नयँ संक्रमितहरुको भेटिएको पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमित संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको छ भने निको भई घर फर्किनेको संक्रमितको संख्या १ करोड ६ लाख ८० हजार १२९ रहेको छ ।
यसैगरि बिश्वभर पछिल्लो २४ घण्टा भित्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७६८ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २४० पुगेको छ ।
युरोपियन मुलुकहरूमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ५२३ पुगेको छ । त्यस्तै, संक्रमित संख्या २८ लाख ३२ हजार ७८५ भएतापनि निको हुनेको संख्या भने १७ लाख २ हजार ६७ रहेको छ ।
उत्तर अमेरिकी मुलुकहरुमा संक्रमितको संख्या ५३ लाख ४२ हजार ९८० पुगेको छ भने २ लाख १३ हजार ९१९ जनाले संक्रमणका कारण ज्यान गुमाएको छ । यसैगरि २७ लाख २७ हजार ८३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
एसियाली मुलुकहरूमा ९४ हजार २४ जनाले ज्यान गुमाएको छ । संक्रमितको संख्या ४१ लाख २७ हजार ८५ पुगेको छ भने २९ लाख ९७ हजार ८३६ जना संक्रमितहरु निको भइसकेका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा मृत्यु हुनेको संख्या १ लाख ३९ हजार ४८४ पुगेको छ भने संक्रमितको संख्या ३९ लाख ४५ हजार ६ रहेको छ । यसैगरी २६ लाख ८८ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, अफ्रिकी मुलुकहरूमा कोरोना संक्रमितको संख्या ८ लाख ९४ हजार ३५३ जना पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ९०० पुगेको छ भने संक्रमितमध्ये संक्रमणमुक्त ५ लाख ४३ हजार ४९८ जना रहेको छ ।
कोरोना भाइरसबाट अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १९९ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ३१३ जना संक्रमित रहेको छ । यस्तै ११ हजार ५६ जना कोरोनामुक्त भएका छन् ।