अभिनेत्री सामाज्ञ्रीले अभिनेता भुवनविरुद्ध मुद्दा हाल्ने
Thursday, July 30th, 2020, 12:22 pm
काठमाडौँ, १५ साउन । भुवन र सामाज्ञ्री बीचको विवादले फेरि नयाँ मोड लिएको छ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई गत हप्ता १० करोड क्षतिपूर्तिको माग गर्दै मुद्दा हालेका थिए । यसैगरि अभिनेत्री साम्राज्ञीले पनि अब भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । साथै उनले प्रोडक्सन म्यानेजर गणेश सापकोटविरुद्ध पनि मुद्दा हाल्ने बताएकी छन् ।
म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए । उक्त अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए ।
सामाज्ञ्रीका अनुसार भुवन र उनका वरपरका मान्छेहरु मिलेर उनीमाथि सामूहिक हमला गरिरहेको छ । उनले सबै कुराको राम्ररी जाँच बुझ गरेर मुद्दा हाल्ने बताएकी छिन् ।
यस्ता किसिमको दुव्यवहारले गर्दा फिल्म क्षेत्रमा आउने नयाँ पिढी र अभिभावकमा नराम्रो असर पर्ने आरोप लगाउदै उनले आफू नडराउने बताएकी छिन् ।