सुनको मूल्य १ लाख पुग्ने पक्का
Thursday, July 30th, 2020, 11:11 am
काठमाडौं, १५ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।
सुनको मूल्य तोलामा ५०० रुपैँयाले बढेर तोलाको ९९ हजार पुगेको छ भने हिजो बुधबार तोलाको ९८ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० तोकिएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैँया रहेको छ ।