आजदेखि देशभरिका होटल तथा रेष्टुरेन्ट खुल्ने
Thursday, July 30th, 2020, 10:50 am
काठमाडौं, १५ साउन । चार महिनादेखि लकडाउनका कारण बन्द भएका देशभरिका होटल तथा रेष्टुरेन्ट (आज) बिहीबारबाट खुल्ने भएका छन् ।
सरकारले तोकि दिएको निर्णय अनुसार मापदण्ड पूरा गरेर होटल व्यवसाय खोल्न अनुमति पाएका छन् । यसैगरी व्यवसायी र मजदुरक पनि केहि समय अघिसेवासुविधासम्बन्धि सम्झौता भइसकेको छ । आजदेखि होटल तथा रेष्टुरेन्ट खोल्न अनुमति पाए पनि ग्राहकको मागअनुसारमात्र खोलिने भएको हुनाले पूरा क्षमतामा भने होटल खुल्ने छैनन् ।
यसअघि नै रेष्टुरेन्ट भने खुलिसकेका छन् तर ठूला होटलहरू चाँही कोरोना र व्यापार नआउने सम्भावना भएकाले बन्द भइसकेका थिए । त्यहीपनि सञ्चालकका अनुसार सीमित क्षमतामा भने होटल खोल्न सकिने छ।