त्रिविले सेमेस्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने
Wednesday, July 29th, 2020, 5:33 pm
काठमाडौं, १४ साउन । लकडाउन खुलेसंगै त्रिभुवन विश्वविद्यालय रोकिएका परीक्षाहरु भदौको तेस्रो हप्ताबाट सुरु गर्ने तयारीमा लागेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तह र स्नातक तहका सेमेस्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्नेगरी तयारी थालिएको छ । यसैगरी उनले भदौ पहिलो हप्ता आएका विद्यार्थीहरु १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको छ भने त्यसपछि सेमेस्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीहरु राखेर सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन् ।
त्रिविले विद्यार्थीलाई पायक पर्ने गरि नजिकका क्याम्पसमा परीक्षा केन्द्र तोकेर परीक्षाका कार्यतालिका चाडै प्रकाशन गर्ने तयारीसमेत गरेको छ।
त्रिविले व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाँचौं र सातौँ सेमेस्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी गरिसकेको छ ।