शव व्यवस्थापनमा खटेका १० नेपाली सेनामा काेराेना पुष्टि
Wednesday, July 29th, 2020, 5:01 pm
काठमान्डौ, १४ साउन। महोत्तरीमा रहेका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१० जना कोरोना संक्रमित महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालका अनुसार, संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको जानकारी दिए।
महोत्तरी गाउँपालिकामा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा ती नेपाली सेनाहरु नै खटिएका थिए।
करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ कटवालले बताए।संक्रमित सबै केही दिनदेखि नै आइसोलेशनमा बस्दै आएका छन्।