पछिल्लो २४ घण्टामा काठमान्डौमा १४ जना सहित थप २१० जना संक्रमित, डिस्चार्ज हुनेको १४६ पुग्यो
Wednesday, July 29th, 2020, 4:35 pm
काठमान्डौ, १४ साउन। काठमान्डौमा १४ जना सहित नेपालमा थप २१० जनामा कोरोना संक्रमणको पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप २१० जनामा कोरोना संक्रमित थपिदा १४६ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ५८ हजार ३ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १४ हजार २१ रहेका छन्।