कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग नगर्नु : सासंद सचिवालय
Wednesday, July 29th, 2020, 4:59 pm
काठमाण्डौ, १४ साउन । मंगलबारदेखि संघीय संसद सचिवालयको सर्भरमा युट्युब र फेसबुक जस्ता सामाजिक सञ्जाल नचल्ले बनाइएको छ ।
सचिवालयका अनुसार विशेष गरेर कार्यालय समयमा युट्युब र सामाजिक सञ्जालको प्रयोग बढी हुने हुँदा काम गर्न इन्टरनेटको गति सुस्त भएको हुनाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिनेछ ।
यदि कसैलाई युट्युब र सामाजिक सञ्जाल नै चाहिएमा या यसैबाट सूचना आदनप्रदान गर्नुपरेमा सम्वन्धित ठाउँमा जानकारी गराएमा चलाउन दिने व्यवस्था गरिने सचिवालयले बताएको छ ।
सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपानेका अनुसार कुनै औपचारिक निर्णय नभइ दिउँसोको समयमा फेसबुक र युट्युब बन्द गराएपछि ब्याण्डविथले भ्याउँछ कि भनेर परीक्षण सुरु गरिएको छ तर निश्चित समयको परीक्षण पछि थप निर्णय गरिनेछ ।