उद्योग विभागको निर्णय : ३० दिनभित्र नवीकरण गरिसक्नुपर्ने
Wednesday, July 29th, 2020, 4:29 pm
काठमाडौ, १४ साउन । कोरोना संंक्रमण जोखिमका कारण उद्योग विभागले गत चैत्र ११ गतेदेखि कारोबार बन्द भएका र पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योग, फर्म तथा कम्पनीहरुलाई ३० दिनको म्याद थप गरेर नवीकरण गर्न अनुरोध गरेको छ ।
आज बसेको विभागको बैठकको निर्णय अनुसार उद्योग, कम्पनी तथा फर्महरुको व्यवसायीक उत्पादन अनुमतिको समयावधि थपसम्बन्धी नवीकरण कर चुक्ताको सम्बन्धमा ६ वुदे निर्देशन जारी गएिको छ ।
विभागका निर्णय अनुसार लकडाउन अबधिमा कुनै पनि उद्योग, फर्म तथा कम्पनीले आफ्नो उत्पादन, ब्राण्ड वा सेवाको नियम अनुसार नवीकरण नभएको भए आजको समयसहित ३० दिन भित्र नवीकरण गरिसक्नु पर्नेछ ।
उपत्यकाका लागि साउन ८ गतेदखि लकडाउन खुल्ला भएको र भाद्र १ देखि उपत्यकाबाहिर लकडाउन खुल्ला हुने मान्यता प्रदान गर्दै ३० दिने म्याद थपिने विभागले जानकारी दिएकाृ छ ।