कोरोनाबाट अमेरिकामा एकैदिन १ हजार ५९२ को मृत्यु
Wednesday, July 29th, 2020, 2:38 pm
एजेन्सी। संसारभर फैलिएको कोरोना भाईरस (कोभिड- १९ ) का कारण अमेरिकामा मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।
गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा उच्च भएको जनाइएको छ ।
अमेरिकामा कोरोना भाईरसका कारण ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ ।
विश्वभरीमा कोरोना भाइरसको कारण एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन् ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसका कारण विश्वभरमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।–एएफपी