दक्षिण कोरियामा फेरि कोरोना संक्रमितको संख्या बढ्दै
Wednesday, July 29th, 2020, 2:13 pm
काठमाण्डौ, १४ साउन । दक्षिण कोरियामा कोरोना सङ्क्रमित संख्या फेरि बढ्न थालेको छ । यहाँका समाचार स्रोतले बताए अनुसार सरकारी अधिकारहिरुले सोलमा पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्न थालेको बताएका छन् ।
बुधबार बिहान प्राप्त समाचार अनुसार सोलमा पछिल्लो २४ घण्टामा थप ४८ जना नयाँ कोरोना संक्रमित भेटिएको हो भने उनीहरुमध्ये अधिकांश संक्रमितहरु विदेशबाट आएका आएका थिए । पछिल्लो २४ घन्टामा थपिएका ४८ जना नयाँ कोरोना सङ्क्रमितमध्ये २९ जना विदेशबाट आएका नारिक हुन् ।
प्राप्त समाचार अनुसार दक्षिण कोरिया सरकारले कोरोना सङ्क्रमणलाई रोक्न अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइए पनि दक्षिण कोरियामा पछिल्लो समयमा सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । थप नयाँ संक्रमितहरु मध्य विदेशबाट आएका नागरि बढी रहेको बताइएको छ ।