कालिकोट पहिरो अपडेट: ८ जनाको मृत्यु, १ जना बेपत्ता
Wednesday, July 29th, 2020, 1:31 pm
काठमाडौं, १४ साउन । कालीकोटको नरहनीनाथमा गाउँपालिका–७ मा बुधबार बिहानको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने एक जना भने अझै बेपत्ता भएका छन् ।
अविरल बर्षासंगै राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
६ जनाको घटनास्थलबाटै शव निकालिएको छ भने उद्दार गरिएकी छोरी विमलाको उपचारका क्रममा मृत्यु भएको हो । यसैबीच, नरहरीनाथ–४ कै ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमतीको मृत्यु भएको छ । बाले बुढा भने अझै बेपत्ता छन् ।