भारतलाई दार्चुलाका सिडिओको जवाफ: कालापानी, लिम्पियाधुरा हाम्रो भू-भाग हो,आवतजावत गर्नु ठुलो कुरा नै भएन नि !
Wednesday, July 29th, 2020, 1:23 pm
काठमान्डौ, १४ साउन। भारतले केही साताअघि कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाउनु भनेर पत्र लेखेपछि नेपालले पनि जवाफ फर्काएको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धार्चुलाका उपजिल्ला अधिकारीलाई जवाफ फर्काएको हो।
धार्चुलाबाट गुन्जी, कालापनी, लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको र त्यसमा रोक लगाउन भन्दै केही साताअघि धार्चुलाले जिप्रका दार्चुलालाई पत्र पठाएको थियो।
जिप्रका दार्चुलाले पठाएको पत्रका गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र नेपालकै भू-भाग भएको हुँदा नेपालीहरूको आवतजावत स्वभाविक रहेको उल्लेख छ।