सिंहदरबार अगाडि ‘इनफ इज इनफ’ का ५ जना पक्राउ
Wednesday, July 29th, 2020, 1:31 pm
काठमाडौं, १४ साउन । बुधबार सिंहदरको दक्षिणगेटबाट ‘इनफ इज इनफ’ अभियानका ५ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सरकारलाई दबाब दिन भन्दै बिना पास सिंहदरबारभित्र प्रबेश गर्ने प्रयास गरेपछि पक्राउ गरेको हो ।
सरकारले कोरोना संक्रमणका लागि पीसीआर परीक्षणको दायरा बढाइनु पर्ने, आरडीटी परीक्षण बन्द गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने जस्ता विभिन्न माग राखेर इनफ इज इनफ अभियानले अनसनसहित आन्दोलन गर्दै आएका छन् ।
पक्राउ गरिएका ती पाँचै जनालाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ ।