चीनमा नयाँ कोरोना संक्रमितको संख्या बढ्दै
Wednesday, July 29th, 2020, 12:55 pm
१४ साउन, काठमाडौं । चीनमा पछिल्लो २४ घण्टामा १०१ नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो संख्या अप्रिल यताकै सबैभन्दा उच्च संक्रमित भएको चीनको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा सिन्चियाङको सुदूरपश्चिम क्षेत्रबाट ८९ संक्रमित फेला परेका छन् भने सो क्षेत्रमा मास टेस्टिङको काम भइरहेको छ । लियाओनिङबाट ८ संक्रमित र बेइजिङमा १ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा लक्षण नदेखिएका २७ जना नयाँ संक्रमित फेला परेको पुष्टि भएको छ ।