खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते
Wednesday, July 29th, 2020, 12:41 pm
सिन्धुपाल्चोक, १४ साउन । सिन्धुपाल्चोकमा सामान्य भनाभन हुँदा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई खुकुरी प्रहार गरेका आरोपमा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार साइला तामाङसंग सामान्य भनाभन हँुदा सोमबहादुर तामाङले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरेको सूचना पाउनासथ प्रहरीको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको हो ।
साइला तामाङ भने गम्भीर घाइते भएको हुनाले उनको उपचार काठमाडौको दीर्घायु अस्पातलमा भइरहेको छ भने जिल्ला अदालत सिन्धुपाल्चोकबाट मङ्गलबार म्याद थप आदेश लिएर सोमबहादुरलाई थप अनुसन्धान गर्न अनुमति पाएको प्रहरी निरीक्षक तामाङले जानकारी दिएका छन् ।