कालिकोटमा पहिरोमा परेर ६ जना बेपत्ता
Wednesday, July 29th, 2020, 11:43 am
काठमाडौं, १४ साउन । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा नरहरिनाथ–७ मा रहेको गंगे बुढाको घर पुरिएको छ । बुढासँगै ६ जना बेपत्ता भएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसार बुढाकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढा बेपत्ता भएका छन्।
पहिरोमा परी गंगे बुढाकी छोरी विमला बुढा घाइते छिन्। उनलाई उपचारका लागि स्थानीय कुमाल बजारमा लगिएको छ । पुरिएको घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।