उपत्यकामा कोरोनाको संक्रमितको संख्या बढ्दै जानु लागि चिन्ताको विषय: स्वास्थ्य चिकित्सक
Wednesday, July 29th, 2020, 11:25 am
काठमान्डौ, १४ साउन। राजधानीलगायत मुलुकका विभिन्न भागमा केही दिनयता लक्षण भएका संक्रमित फेला पर्ने क्रम बढेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार उपत्यकामा पछिल्लो केहि घण्टामा संक्रमण पुष्टि भएकामा कोरोनाको लक्षण देखिएको छ । उनीहरूमा मुख्य रूपमा ज्वरो, सुक्खा खोकी, स्वाद थाहा नपाउने, टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण रहेका छन् ।
राजधानीमा कोरोना पुष्टि भएकामा दुई चिनियाँ नागरिकसमेत छन् । मंगलबार कोरोना पोजिटिभ देखिएका एक चिनियाँ नागरिक ठमेलको होटलमा बस्दै आएका थिए भने अर्का बौद्घमा घर भाडा लिएर बसिरहेका थिए ।
’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोनाका सामान्य लक्षण ज्वरो, सुक्खा खोकी र थकान हुन् । जीउ दुख्नु, नाक बन्द हुनु, टाउको दुख्नु, आँखा दुखेर सुन्निनु, घाँटी दुख्नु, पखाला लाग्नु, स्वाद वा सुँघ्ने क्षमतामा कमी हुने, छालामा बिमिरा, औंला र खुट्टाको औंलाको रङ परिवर्तित हुनु पनि यसका लक्षण हुन् ।