प्रहरी हेडक्वार्टर कोरोना अपडेट: थप ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि
Wednesday, July 29th, 2020, 11:16 am
काठमान्डौ, १४ असार। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ६ जना प्रहरीमा बुधबार बिहान कोरोना संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
पीसीआर परीक्षणमा थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संक्रमितमध्ये अधिकांश सवारी शाखाका छन् भने केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् ।
कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, उनीहरुको भने रिपोर्ट आइसकेको छैन ।
यसअघि त्यहाँ रहेका २७ जना प्रहरी कर्मचारीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो ।