पहिरोले घर पुरिँदा आमा छोरीको ज्यान गयो
Wednesday, July 29th, 2020, 10:03 am
दाङ, १४ साउन । अविरल बर्षाका कारण गएको पहिरामा परि दुईजनाको ज्यान गएको छ । दाङ बङ्गलाचुली गाउँपालिका–५ साकिनेमा घरमाथिबाट आएको पहिरोमा परि त्यहाँका निवासी २६ वर्षीया बाटुली नेपाली र उनका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्किएर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको र घरको आधा भाग मात्रै भत्केका हुनाले घरका अन्य सदस्यहरु सकुशल रहेको छ ।
यस घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।