२ दिन अझै वर्षाको सम्भावना, सतर्क रहन आग्रहः मौसम पूर्वानुमान
Tuesday, July 28th, 2020, 6:13 pm
काठमाडौँ, १३ साउन । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि फेरि सक्रिय भएको मनसुन पुनः सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
मौसमविद्ले गरेका अनुमान अनुसार मंगलबार सातै प्रदेशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने संम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने बुधबार र बिहीबार वर्षा अझ बढ्ने सम्भावना रहेको छ ।