उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै
Tuesday, July 28th, 2020, 5:59 pm
काठमाडौं, १३ साउन । मंगलबार काठमाडौं उपत्यकाका तिनवटै जिल्लामा एकैदिन कोरोना संक्रमितको संख्या ५३ पुगेको छ । यो उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मकै धेरै संक्रमित संख्या हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललिपुरमा ४ र भक्तपुरमा एक जना संक्रमित भेटिएका छन् । संक्रमितहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल, टिचिङ, पाटन र नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको थियो ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका एक जनामा कोरोना पोजेटिभ देखिएको हो भने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा परीक्षण गराएका काठमाडौंका ९ जना र ललिपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी टिचिङ अस्पतालमा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एक जनामा कोरोना संक्रमण देखिएको हो ।
नेपाल प्रहरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा २१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।