भदौ दोस्रो सातादेखि सीटीईभीटीले सम्पूर्ण परीक्षा सञ्चालन गर्ने तयारी
Tuesday, July 28th, 2020, 5:24 pm
काठमाण्डौ, १३ साउन । लकडाउनका कारण प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद्(सीटीईभीटी)ले स्थगित गरेको सम्पूर्ण परीक्षा भदौ दोस्रो साताबाट सुरु हुने जानकारी दिएको छ । सीटीईभीटीले मंगलबार जारी गरेको सुचना अनुसार सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना र भौतिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न ।
यसैगरी (सीटीईभीटी)ले परीक्षाको विस्तृत तालिका भने केही दिनपछि मात्रै प्रकाशित गर्ने बताएको छ ।