नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुग्यो
Tuesday, July 28th, 2020, 5:29 pm
काठमान्डौ, १३ साउन। पछिल्लो २४ घन्टामा नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बझाङ बुंगलका एक ६५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।
यसअघि नै सोमबार तीन जनाको कोरोनाले मृत्यु भएको थियो । वीरगञ्जको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएका एकजना ६५ वर्षीय भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो।