पहिरोमा पुरिएर दम्पतीको मृत्यु
Tuesday, July 28th, 2020, 4:52 pm
कैलाली, १३ साउन । दार्चुलामा सोमबार राति पहिरोले घर पुरिदा एक दम्पतीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको दुहू गाउँपालिका ३ सलेखेतीमा पहिरोले घर पुरिदा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ बर्षीय श्रीमती इन्द्रा जोशीको ज्यान गएको छ भने उनीहरुका छोरा सुनील जोशी घरबाट निस्कएकाले बाँच्न सफल भएका छन् ।
सुनिलले नै प्रहरीलाई खबर गरेपछि मंगलबार बिहानैदेखि बेपत्ता दुबै जनाको खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टका अनुसार दुबै जनाको शव फेला परिसकेको र पहिरोले केहि चौपाया समेत मरेका छन् ।