२४ घन्टामा थप ३११ जनामा काेराेना संक्रमण पुष्टि, डिस्चार्ज हुनेको संख्या १३, ८७५ पुग्यो
Tuesday, July 28th, 2020, 4:32 pm
काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत जानकारी दिएको छ ।
नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२१ जना कोरोना संक्रमणमुक्त भएको जानकारी गराए ।
योसँगै कोरोना नेपालमा संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।