प्रचण्डको स्थायी कमिटी सदस्यलाई व्रिफिङ, धेरै उत्तेजित नबनौ, पाटीै विभाजन हुन सक्छ
Tuesday, July 28th, 2020, 4:20 pm
काठमाण्डौ, १३ साउन । नेपाल कम्युनिष्ट पार्र्टीभित्रको आन्तरिक विवाद दिनानुदिन झनझन् चर्किदै गएको छ । एक महिनाअघि सुरू भएको पार्टी स्थायी कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पछिल्लो विवाद जेलिँदै गएको थियो।
सो विवाद मिलाउन पार्टीले पटकपटक रोखेको बैठक बारम्बार स्थगित हुँदै आईरहेको छ भने आज बिहान ११ बजेलाई भनेर तोकिएको स्थायी कमिटी बैठक सुरु हुन नपाउदै पार्टी अध्यक्ष ओलीको एकल निर्णयबाट स्थगित भएपछि पार्टीभित्रको विवादले झन नयाँ मोड लिएको छ ।
अध्यक्ष ओलीको एकलौटी निर्यणले गर्दा अहिले अर्का अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट भएका थिए भने अध्यक्ष दाहाल र झलनाथ खनालले दुई अध्यक्षको सहमतिबिना बैठक स्थगित गर्नुको कारण बारे पनि अध्यक्ष ओलीसंग भेटेरै सोधेका छन् ।
अध्यक्ष प्रचण्ड सहित दलका अन्य नेताहरु उपस्थित उक्त बैठकलाई बहुमत स्थायी कमिटी सदस्यसहभागी भएको भन्दै आफूहरूको भेलालाई स्थायी कमिटी बैठक भएको बताएका छन् ।
ओली पक्षका एक स्थायी कमिटि सदस्यका अनुसार प्रधानमन्त्रीले अध्यक्ष दाहालंसँग भेट गर्नका लागि बिहान साढे ११ बजेसम्म कुरेतापनि अध्यक्ष दाहाल नआउनु भएको कारणले गर्दा बैठक रोकिएको थियो । साथै अध्यक्ष प्रचण्ड सचिवालयको निर्णयअनुसार सहमतिमा बैठकबारे निर्णय गर्नु पर्ने तर उनीहरु आज बैठक बस्ने जानकारी दिएका छन् ।
त्यस्तैगरी प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई बैठक बस्न तर पार्टीको बैठक नभन्न जानकारी गरेका उनले बताएका छन् ।
प्रधानमन्त्रीसंगको भेटेपछि दाहालले आफ्ना पक्षका स्थायी कमिटी सदस्यहरूलाई पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् भने पार्टी एकतालाई आघात पर्ने कुनै पनि काम गर्न नहुने धारणा पनि व्यक्त गरेका छन् ।
साथै अध्यक्ष दाहालले आफ्ना पार्टीका सदस्यहरुलाई संवादका लागि प्रयास जारी राखी, धेरै उत्तेजित नबनी पार्टी एकतालाई आघात पर्ने काम नगर्न आग्रह गर्दै उक्त बैठकलाई स्थायी कमिटी बैठक नभनीं बहुमत स्थायी कमिटी सदस्यको बैठक भनेका छन् ।
यसैगरी अर्का अध्यक्ष ओली पक्षका नेताहरूले बालुवाटारमा भइरहेको ओलीइतर समूहको बैठकमा बहुमत सदस्य नभएको दाबी गर्दै उक्त बैठकलाई खुमलटारमा हुनेजस्तै भेलाको संज्ञा दिएका छन् ।