प्रहरी हेडक्वार्टर कोरोना अपडेट: थप २३ जनालाई कोरोना संक्रमण पुष्टि
Tuesday, July 28th, 2020, 4:20 pm
काठमान्डौ, १३ साउन। प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
प्रहरीका २३ जनामा संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए ।
आइतबार हेडक्वार्टरमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो त्यस लगतै उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।
‘उहाँहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ।