प्रहरीले बरामद गरेको १५ किलोमध्ये आधा किलोमात्रै सक्कली सुन भएको पुष्टि
Tuesday, July 28th, 2020, 1:31 pm
काठमाण्डौं, १३ साउन । राजधानीबाट प्रहरीले बरामद गरेको भनिएको १५ किलो सुनमध्ये जम्मा आधा किलो सुनमात्रै सक्कली र बॉकी साढे १४ किलो सुन भने नक्कली भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार बरामद गरिएको सुनको परीक्षण गर्दा नक्कली प्रमाणित भएको छ ।
एसएसपी ज्ञवालीले विस्कुट आकारको दर्जनौँ टुक्रा सुनमध्ये आधा किलोमात्रै सक्कली रहेको र बाहिरबाट हेर्दा सक्कली सुन जस्तै देखिएपनि पित्तलको जलप लगाएको बताएका छन् ।
प्रहरीले नै कमलादीबाट १५ किलो सुन बरामद भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक गरेका थियो ।