विप्लव समूहका चितवन जिल्ला इञ्चार्जसहित पाँचजना प्रहरीको नियन्त्रणमा
Tuesday, July 28th, 2020, 12:47 pm
चितवन, १३ साउन । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीसहित पाँच जना पक्राउ परेका छन् ।
सोमबार साँझ चितवन जिल्ला प्रहरीले उनीहरुलाई पूर्वीचितवनको राप्तीबाट नियन्त्रणमा लिएको हो ।
चितवन जिल्ला इन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठ पक्राउ परेका छन्।
नियन्त्रणमा लिएकाहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।