प्रहरीले राजधानीबाटै बरामद गरे १५ किलो सुन र २ थान हतियार
Tuesday, July 28th, 2020, 12:20 pm
काठमाडौं, १३ साउन । प्रहरीले काठमाण्डौको दरबारमार्गबाट १५ किलो अवैध सुन सहित २ थान हतियार बरामद गरेको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सुन तस्करलाई पिछा गर्दै जाँदा तस्करको समूहले सुनको झोला फालेर भागेको थिए ।
तरस्करले फोलेको झोला खोजतलास गर्ने क्रममा प्रहरीले १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले जानकारी दिएका छन् । काठमाडौं प्रहरी परिसरले बरामद गरेको सुन बारे आजै पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ।
प्रहरीका अनुसार सुन तस्करले प्रयोग गरेको गाडीको नम्बर पहिचान भईसकेको छ । पहिचान भएको गाडी र तस्कर पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । उक्त बरामद सुनको मूल्य आजको बजार अनुसार १२ करोड ६३ लाख बराबरको रहेको छ ।