आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित
Tuesday, July 28th, 2020, 11:36 am
काठमाण्डौ, १३ साउन । आज बिहान ११ बजे बस्ने तय भएको सत्तारुढ पार्टी नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको छ ।
त्यस्तै, पार्टीका नेताहरुबीच बढ्दै गरेको आरोप प्रत्यारोपको कारणले गर्दा पनि पटक पटक बैठक स्थगित हुँदै आएको छ । यसअघि साउन ६ गते बसेको स्थायी कमिटीले बाढी पहिरोमा परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा जुट्ने प्रस्ताव पास गर्दै बैठक स्थगित गरेको थियो ।