सुनको भाउ बढ्ने क्रम जारी, तोलाको ९८ हजार नाघ्यो
Tuesday, July 28th, 2020, 11:17 am
काठमाण्डौ, १३ साउन । आज पनि सुन चॉदीको व्यापारमा सुनको भाउले नयॉ रेकर्ड बनाएको छ ।
सुन चॉदी व्यवसायी महासघंका अनुसार गतहप्तादेखि लगातार बढ्दै गरेको सुनको भाउ आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको छ । हिजोको भन्दा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिएका छन् ।
कोरोना संक्रमणको बेला भएपनि हालको अवस्थालाई मध्यनजर गर्दै हेर्दा सुनको भाउ तोलाको एक लाख रुपैयाँ कट्ने संभावना बलियो बन्दै गएको शाक्यले बताएका छन् । यस्तै चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ बढेर तोलाको १२ सय ४५ रुपैयाँ पुगेको छ ।