पहिरोमा परि एकै घरका दुईजनाको ज्यान गयो
Tuesday, July 28th, 2020, 10:46 am
बाग्लुङ, १३ साउन । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोमा परिमा बाग्लङुमा घर पुरिदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुुङका तमानखोला गाउँपालिका–२ का स्थानिय पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर बिक र १२ वर्षीया छोरी रीता बिक रहेको छ ।
प्रहरीका अनुसार घरमा सुतिरहेको बेला घरमाथिबाट आएको पहिरोले उनीहरूलाई पुरेकोे थियो । उनीहरुसंगै सुतिरहेका आमा होमकुमारी बिक भने पहिरोमा परि गम्भीर घाइते भएकी छन् र उनलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइहेको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बुबा पालबहादुर विक भने रोजगारीको सिलसिलामा विदेशमा बताएका छन् ।
त्यस्तै, रेग्मीका अनुसार बाग्लुङकै निसीखोला गाउँपालिका १ मा पहिरोले एक घर पुरि‘दा अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको छ।