भोलिदेखि इनफ इज इनफले सडक प्रदर्शन गर्ने घोषणा
Monday, July 27th, 2020, 5:52 pm
काठमाडौं,१२ साउन। इनफ इज इनफ अभियानले भोलिदेखि सडक प्रदर्शन गर्ने भएको छ ।
सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि ईः सहितका युवाहरु फेरि अनसनमा बसेका छन् ।
अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ ।
भौतिक दुरीसहित भोलि २ बजे बसन्तपुरमा प्रदर्शन गरिने इनफ इज इनफ अभियानले जनाएको छ ।