महाबौद्ध क्षेत्रका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना परीक्षण गराउन अपिल
Monday, July 27th, 2020, 6:02 pm
काठमाडौं, १२ साउन । महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिका वडा नम्बर २७ को कार्यालयले त्यस क्षेत्रमा देखिएका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना परीक्षण गराउन सार्वजनिक सूचना जारी गरेको छ ।
वडा अध्यक्ष चिनियामान बज्राचार्यले भारत घर भई गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पुष्टि भएलगतै निजसँग संसर्ग हुने व्यक्तिहरुले यथाशीघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गर्दै सूचना जारी गरेका छन् ।
यससंगै वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका सम्पूर्ण व्यवसायीहरुलाई पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ ।