सोमवार सुनको मूल्य १२ सयले बढ्यो
Monday, July 27th, 2020, 5:06 pm
काठमाडौं, १२ साउन । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ ।