कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८ पुग्यो
Monday, July 27th, 2020, 4:59 pm
काठमाण्डौ, १२ साउन । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा कोरोना संक्रमणबाट बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ भने उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका विरामी थिए ।
यससँगै हाल नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।