पछिल्लो २४ घन्टामा १३९ कोरोना संक्रमित थपिए, ६२६ जना डिस्चार्ज
Monday, July 27th, 2020, 4:30 pm
काठमान्डौ, १२ साउन। नेपालमा पछिल्लो २४ घण्टामा १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३७ जनामा कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो ।
सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।