प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण
Monday, July 27th, 2020, 4:18 pm
कैलाली, १२ साउन । बैतडीमा प्रहरी हिरासतमा रहेका एक युवकमा डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको पुर्चौडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् ।असार ३१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
‘उनी आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए’ इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।